अटो रिक्सा दुर्घटनामा परी सुर्खेतमा एकजनाकाे मृत्यु

जागरण

सुर्खेत, २७ कात्तिक ।

अटाे रिक्सा दुर्घटनामापरी  वीरेन्द्रनगरमा एक जनाकाे मृत्यु भएकाे छ ।

सुर्खेत–जुम्ला सडक खण्डकाे बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह–८४४, नम्वरको अटो रिक्सा आज (शनिबार) पल्टिदा त्यसमा सवार  वीरेन्द्रनगर–१ की ४४ वर्षीया जमरा शाहीको मृत्यु भएकाे हेा ।  दुर्घटनामा घाइते शाहीकाे उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा परी घाईते भएकी जमराको उपचारको क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएपछि शव पोष्ट मार्टमका लागि  प्रदेश अस्पताल कालागाँउ पठाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयाे । दुर्घटनामा

दुर्घटनामा वीरेन्द्रनगरकै ५३ बर्षिय लक्ष्मी बहादुर शाही र २०  बर्षिय जगत शाही पनि घाइते भएका छन् । साथै अटाे चालक विरेन्द्रनगर नगरपालिका १ बस्ने रमेश शाही प्रहरीको नियन्त्रणमा रहेका छन् ।