प्रदेशसभाभित्र पनि लैङ्गिक विभेद छः सांसद शाह

सुर्खेत, ८ पुष (जागरण) । कर्णाली प्रदेश सभाका महिला सांसदहरुले प्रदेशसभाभित्र पनि लैङ्गिक विभेद रहेको बताएका छन ।
पुरुष सांसदहरु र महिला सांसदहरुमा विभेद रहेको भन्दै नीति बनाउने तहमा पुगेका व्यक्तीहरुमा समेत पुरानो मानसिकता कायम रहेको बताएका हुन
विशेषगरी विभिन्न महत्वपूर्ण भुमीकामा महिलाभन्दा पुरुषहरुलाई प्रथामिकता दिने गरिएको भन्दै असन्तुष्टी जनाएका छन ।
सांसद कृष्णा शाहले पु्रातनवादी सोचले गजडिएको समाजलाई सुधार गर्ने नीति निर्मातामा नै विभेद भएको भन्दै यसलाई अन्त्य गर्नु सबै पक्ष लाग्नुपर्ने कर्णाली रैबारमार्फत आग्रह गर्नुभयो ।
उहाले तल्लो तहको स्थानीय सरकारमा पनि लैङ्गिग विभेद रहेको बताउँदै तल्लो तहको सरकार प्रमुखमा नभएर उपप्रमुखमा महिला हुनु यसको उदाहरण भएको बताउनुभयो ।
नीति निर्माण गर्ने ठाउँमा समेत लैङ्गिक विभेद हट्न नसकेको भन्दै समाजको अवस्था झन दयनिय रहेको भन्दै यसको लागि सरकारले छुट्टै कानुन बनाउन आवश्यक रहेको उहाको भनाई छ ।
यस विषयमा आफुहरुले संसदमा बारम्बार आवाज उठाएपनि आफुहरुको आवाजलाई बेवास्था गरिएको उहाको आरोप छ ।
यसैबिच, उहाले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रर्णाली समेत विभेद कायम गरेको दाबी गर्नुभयो । समानुपातिकमा अधिकांस महिलाहरुलाई ल्याइने भन्दै प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदलाई हेर्ने नजर नै फरक भएको उहाले बताउनुभयो ।
अब पूर्ण समानुपातिक निर्वाचनमा गएमात्र केही हतसम्म सांसदभित्र देखिने यो समस्या समाधान हुने उहाको बुझाई छ ।
उहाले कर्णालीमा रहेका गलत संस्कारहरुलाई हटाउन संसद बैठक नियमित चलाएर छलफल र बहस हुनुपर्नेमा जोड दिनुभयो ।