गाउँ गाउँमा सहकारी पुगेसँगै नागरिक आत्मनिर्भर बन्दै

सुर्खेत, १ फागुन (जागरण) । कर्णालीका प्रदेश गरिबीको रेखामुनि रहेका अधिकांश नागरिक दैनिक मजदुरी गरी गुजरा चलाउन बाध्य छन् ।
प्रदेशका अधिकांश पुरुष सिजनमा खेती लगाई भारत जाने र सस्तोमा श्रम बेच्न गरेका छन् ।
तर पछिल्लो समय भने गाउँगाउँमा सहकारी पुगेसँगै नागरिकहरु आत्मनिर्भर बन्न थालेका छन ।
सस्तो मुल्यमा मजदुरी गर्न बाध्य कर्णालीका विपन्न वर्गका नागरिक भने सहकारीमा आवद्ध भएर अहिले कृषिसँगै पेशा गर्न थालेका हुन् ।
सुर्खेतको लेकवेशी नगरपालिका १० का स्थानीय गोविन्द चपाइले सहकारीबाट ऋण लिएर व्यवसाय थाल्नुभयो । अहिले स्वदेशमै आत्मनिर्भर बन्न सकेको उहा बताउनुहुन्छ । उहा भन्नुहुन्छ, ‘केही समय पहिले म पनि भारतमा गएर जीवन गुजरा गर्नुपर्ने अवस्था थियो, तर अहिले आफैले ७ वटा भैसी पालेको छु, यो व्यवसाय संचालन गर्न सहकारीले ऋण दिएको हो ।’
उहाँ आफु पहीले अधिकांश समय तेस्रो मुलक भारत विताउने गरेको भन्दै अहिले गाउँगाउँमा पुगेका सहकारीमा आवद्ध भइ ऋण लिएर व्यावसाय सुरु गर्दा राम्रो कमाई गर्न सफल भएको कर्णाली रैबारलाई बताउनुभयो ।
साना किसान सहकारी संथामा आवद्ध भएसगै अहिले कृर्षी व्यावसाय गर्न सहज भएको उहाको भनाई छ । उहाजस्तै धेरै व्यक्तीहरु अहिले सहकारीबाट ऋण लिएर व्यवसाय गरी आत्मनिर्भर भएका छन ।
चपाइल अहिले भैसीपालन र कृर्षी पेशाबाट वार्षीक ५ लाख भन्दा बढी कमाइ गर्दै आउनुभएको छ ।
यस्तै, केही बर्षअघि सहकारीमै पसेर सानो लगानीबाट पसल संचालन गर्नु भएका दैलेखको गुरास गाउँपालिका वडा नम्बर ८ धरमपोखराका भुपेन्द्र वलीको पनि यस्तै अनुभव छ ।
उहाँले पनि अहिले कृषी बहुउद्देय सहकारीबाट ऋण लिएर व्यासायीक कुखुरा पालन, बाख्रा पालन गरि आम्दानी गर्न सफल हुनुभएको छ ।
उहाँले थोरै रकम बचत गरेर पनि व्यापार व्यावसाय गर्न सकिने सकिने बताउनुहुन्छ । पहिले साहु महाजनबाट चर्को व्याजदरमा ऋण लिनुपर्ने बाध्यता थियो, जसले गर्दा व्याज नै बुझाउन नसकेर मानिसहरु गरिबीमा धकेलिएका थिए । तर अहिल सहकारीहरु स्थापनासँगै मानिसहरु सस्तो व्याजमा ऋण पाउछन अनि व्यवसाय गर्न शुरु गरेका छन । अहिले आफु मात्र होइन धेरै व्यक्ती आत्मनिर्भर भएको उहाले बताउनुभयो ।
यता, सहकारीको माध्यमबाट कर्णालीका सर्वसाधारणहरुको जीवनस्तर पनि सुध्रिदै गएको सहकारी संचालकहरु बताउछन ।
सहकारीबाट थोरै ब्यजादरमा रकम निकालेर आफ्नै ब्यवसायबाट मनग्य आम्दानी गर्ने गरेको हातेमालो जागरण बहुउद्देश्यी सहकारी सुर्खेतका अध्यक्ष अध्यक्ष पूर्ण प्रसाद पौड्याले बताउनुभयो ।
अहिले सहकारी गाउँघरमा अहिले स–सानो रकम संकलन गर्ने, व्याजमा लगानी गर्ने तथा कृषि, व्यापार तथा व्यवसाय गर्ने राम्रो माध्यम बन्दै गएको उहाको भनाई छ ।
आवश्यक परेको सहज रकमको जोहो हुने र आम्दानी पनि गर्न सकिने भए पछि सहकारीतर्फ सर्वसाधारणको आकर्षण पनि बढ्दै गएको उहाको बुझाइ छ ।
सहकारीलाई विकासको एउटा खम्बाको रुपमा लिइन्छ । सहकारीहरु उत्पादनमा केद्रीत भएर लगानी गर्नुपर्ने सरोकारवालाहरु बताउछन ।