बराहतालमा पालिका स्तरीय अपांगता भएका व्यक्तिहरुको सञ्जाल बनाइने


जागरण संवाददाता
सुर्खेत, ३ फागुन ।
अपांगता भएका व्यक्तिहरुको सवाल र समस्या माथि आवाज उठाउन तथा पैरवी गर्नको लागि बराहताल गाउँपालिकामा गाउँपालिका स्तरीय सञ्जाल गठन गरिने भएको छ ।
सेभ द् चिल्ड्रेन र स्याक नेपाल पावर परियोजनाको सहयोग समन्वय र बराहताल गाउँपालिका महिलावालवालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सोमबार बसेको गाउँपालिका स्तरीय अपांगता समन्वय समितिको वैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका उपाध्यक्ष शोभाकुमारी शर्माको अध्यक्षतामा आयोजना गरिएको बैठक तथा अपांगताको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न निर्णय गरिएको छ । अपांगता कार्ड वितरणमा देखिएको समस्या समाधान गर्नको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतसंग आवश्यक समन्वय गरी बराहताल गाउँपालिकामा शिविर संचालन गर्ने पनि बैठकबाट निर्णय भएकोछ । यस्तै बराहताल गाउँकार्यपालिका अन्तरर्गत रहेका सरकारी सेवाप्रदायक संस्थामा अपांगतामैत्री भौतिक पूर्वाधार तथा सेवाप्रवाह नभएको गुनासो आएकाले आगामी दिनमा अपांगतामैत्री सेवाप्रदानको लागि सवै कार्यालयहरुलाई अनुरोध गर्ने पनि निर्णय भएको छ ।
कार्यक्रममा बराहताल गाउँपालिकामा रहेका विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरु , अपांगता क्षेत्रमा काम गर्ने संघ संस्थाहरु तथा स्थानिय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । वैठकमा बराहताल गाउँपालिकामा हालसम्म पालिकाकाले अपांगता क्षेत्रमा गरेकाकामहरुको समिक्षा गर्नुका साथै आगामी दिनमा गाउँपालिकाले सोेही क्षेत्रको लागि तयार गरिएको योजनाको विषयमा महिला ,वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पार्वती कोइरालले प्रस्तुतीकरण राख्नु भएको थियो ।
त्यसैगरी समाजजागरण केन्द्र(स्याक) नेपालमार्फत बराहाताल गाउँपालिकामा संचालन भैरहेको पावर परियोजनाले गर्ने क्रियाकलाप तथा अपांगता लक्षितकार्यक्रमको वारेमा परियोजना संयोजक तेज सोनामले प्रस्तुतगर्नु भएको थियो । वैठक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी अपांगता भएकाव्यक्तिहरुले स्वास्थ्य संस्था बाट मान्यताप्राप्त डक्टर बाट आफुहरुलाई ख वर्गको अपांगता कार्डको लागिसिफारिस गरेता पनि गाउँपालिका बाट कार्यविधिले गर्दा नमिल्ने भन्दै आफुहरुलाई अपांगता कार्ड प्राप्तगर्नमा समस्या भएको गुनासो व्यक्त गरेका थिए । यस विषयमा गाउँपालिकाले स्वास्थ्य संस्था बाट डक्टरहरुले कारण नखुलाई सिधै वर्ग सिफारिस गर्ने र उक्त सिफारिस गाउँकार्यपालिकाको कार्यविधिअनुसार नमिलेकोमा यस्तो समस्या देखिएको भन्दै चाडै नै पालिकामार्फत शिविरको आयोजना गरी देखिएको समस्यातत्काल समाधानगर्ने अपांगता समन्वय समितिको संयोजक तथा बराहतालगाउँपालिका उपाध्यक्ष शोभाकुमारी शर्माले बताउनुभयो । त्यसै गरी कार्यक्रमको प्रमुख अतिथि तथा बराहताल गाउँपालिकाको अध्यक्ष तेज बहादुर बस्नेतले पालिकाले अपांगता भएकाव्यक्तिहरुको आर्थिक सवृद्धिमा विभिन्न योजना तर्जुमा तथा कार्यान्वयन गरेको हुदा आगामी दिनमा सम्वन्धित व्यक्तिहरु मार्फत आफुलाई आवश्यक्ता अनुसारको कार्यक्रम तयार गरी पालिकामा पेश गरेमा आफुहरुलाई पनि सोही अनुसारको नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने बताउनु भएको थियो ।