घर दैलो गरेर मतदातालाई भोट हाल्ने तरिका सिकाइने

सुर्खेत । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता शिक्षालाई प्रभावकारी बनाउने तयारी गरिएको छ ।
निर्वाचन आयोगका अनुसार गत स्थानीय तह निर्वाचनमा मत बदर धेरै भएपछि त्यस्तो हुन नदिन मतदाता शिक्षालाई प्रभावकारी बनाउने तयारी गरिएको हो ।
निर्वाचन आयोगका विभिन्न जिल्ला स्थित कार्यालयहरुले मतदाता शिक्षा कार्यक्रमको प्रक्रिया शुरु गरिएको जानकारी दिएका छन ।
निर्वाचन आयोगले गएको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षामा कमी हुँदा धेरै मतपत्र बदर भएको भन्दै यो पटक मतदाता शिक्षा समुदमयस्तर र घरदैलो कायक्रमलाई जोड दिने जनाएका हुन ।
निर्वाचन कार्यालय दैलेखका प्रमुख निर्वाचन अधिकृत मनमाया कौचाले प्रत्यक पालिकामा जिल्ला निर्वाचन कार्यालय मार्फत नमुना मतदान कार्यक्रम गर्ने तयारी गरिएको कर्णाली रैबारको कुराकानीमा बताउनुभयो ।
प्रदेश निर्वाचन कार्यालय, सुर्खेत प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसले आयोगको निर्देशिका २०७९ अनुसार आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफूले इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउनका लागि मतदाता शिक्षा अभियानलाई व्यापक बनाइने जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम नहुदा धेरै मत बदर भएको भन्दै यो निर्वाचन मत बदर हुन नदिन र मतदाता शिक्षालाई मजबुत बनाइने बताउनुभयो ।
यस्तै, प्रमुख रानीतिक दलहरुले पनि मतदाता शिक्षालाई जोड दिइएको जनाएका छन ।
मतदाताहरुलाई शिक्षाका विषयमा जानकारी दिनु राजनीतिक दलहरुको पनि कर्तव्य भएकाले मतदाता शिक्षा दिन तल्ला कमिटिहरुलाई सर्कुलर गरेको नेकपा ऐमालेका कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले बताउनुभयो ।
यस्तै, गठबन्धनमा आबद्ध दलहरूले पनि मतदाता शिक्षाका लागि आफ्ना कार्यकर्तालाई परिचालन गर्ने जनाएका छन् ।