कर्णाली प्रदेशभर चार महिनामा ७ हजारबढी मतदाता थपिए

सुर्खेत । कर्णाली प्रदेशभर १० लाखभन्दा धेरै मतदाता पुगेका छन । गत स्थानीय तहको निर्वाचन २०७९ मा १० लाख १ हजार २ सय ८२ मतदाता रहेका थिए । पछिल्लो चार महिनामा मात्रै ७ हजार एक यस २१ नयाँ मतदाता थपिएका हुन ।
निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता नामावलीअनुसार प्रदेशभर १० लाख ८ हजार ४ सय ३ जना मतदाता पुगेका हुन ।
जस अनुसार प्रदेशमा ५ लाख १० हजार ४ सय २० जना पुरुष र ४ लाख ९७ हजार ९ सय ८० महिला र ३ जना अन्य रहेका छन् ।
सबै भन्दा धेरै सुर्खेतमा दुई लाख ४३ हजार ६ सय १४, दैलेखमा एक लाख ५८ हजार ९ सय ५८, सल्यानमा एक लाख ५७ हजार ७ सय एक, जाजरकोटमा एक लाख ३३ हजार ६३, रुकुम पश्चिममा एक लाख ४ हजार २ सय ८० जना मतदाता रहेका छन् ।
यस्तै, डोल्पामा २२ हजार ७ सय ७४, मुगुमा ३५ हजार ४ सय ४, जुम्लामा ६ हजार ६ सय ३८, कालिकोटमा ८० हजार ७ सय ३३, हुम्लामा ३२ हजार ८ सय ५७ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।
यसैविच, कर्णाली प्रदेशमा ९ सय ३३ वटा मतदान स्थल कायम गरिएको छ, भने एक हजार ४ सय ३ मतदान केन्द्र रहेका छन् ।
सुर्खेतमा एक सय ३९ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र, दैलेखमा एक सय ३९ मतदान स्थल र दुई सय ७ मतदान केन्द्र, सल्यानमा एक सय १७ मतदान स्थल र दुई सय २ मतदान केन्द्र रहेका छन्
जाजरकोटमा ८८ मतदान स्थल र एक सय ४२ मतदान केन्द्र, रुकुम पश्चिममा ७६ मतदान स्थल र एक सय ३९ मतदान केन्द्र, डोल्पामा ६६ मतदान स्थल र ६६ नै मतदान केन्द्र कायम गरीएको छ ।
मुगुमा ६४ मतदान स्थल र ६६ मतदान केन्द्र, जुम्लामा ३ मतदान स्थल र एक सय ६ मतदान केन्द्र, कालिकोटमा एक सय ३ मतदान स्थल र एक सय २३ मतदान केन्द्र रहदा हुम्लामा भने ५ मतदान स्थल र ५९ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, प्रदेश सभातर्फ २४ र प्रतिनिधि सभातर्फ १२ निर्वाचन क्षेत्र रहदा, ९ सय ३३ मतदान स्थल र एक हजार ४ सय ३ मतदान केन्द्र निर्धारण गरीएको छ ।
सभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कर्णाली प्रदेशभर कुल २४ निर्वाचन क्षेत्र रहेका छन् ।