जुम्लामा निर्वाचन टोली सवार जीप दुर्घटना, ५ जना घाइते

सुर्खेत । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ४ मा निर्वाचन टोली र सामाग्री लिएर गएको जिप दुर्घटना हुँदा ५ जना घाइने भएका छन ।
आज त्रिवेणी बाट जनजागृती मावी ताम्ती मतदान केन्द्रमा खटिएको टोलि सवार भे १ च २१८८ नम्वरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घना हुँदा ५ जना घाइते भएका हुन
घाइतेहरुको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।
जिप दुर्घटनामा घाइते भएका व्यक्तीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिनुभयो ।
जिप चालकलाई नियन्त्रणमा लिइएको छ । गाडीमा ८ जना सवार रहेका थिए ।