कर्णालीमा १६ प्रतिशतसम्म मत बदर

सुर्खेत । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तरगत कर्णालीका विभिन्न जिल्लामा भएको मत बदर संख्या करिब १६ प्रतिशत सम्म रहेको पाइएको छ ।
निर्वाचन कार्यालयहरुले दिइएको प्ररभिक तथ्यांक अनूसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मात्रै ८ हजार तिन सय १८ मत बदर भएको छ ।
दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक लाख ५४ हजार ८ सय ११ मत खसेकोमा ८ हजार ३ सय भन्दा धेरै मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गा प्रसाद चालिसेले जनाकारी दिनुभयो । यो करिब ५.३७ प्रतिशत हुन आउछ ।
पाँच वर्षअघिको निर्वाचनको तुलनामा बदर मतको दर घटेपनि कर्णालीमा मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ । यस्तै, सबै भन्दा कम मतदाता रहेको हिमाली जिल्ला डगोल्पामा करिव दुइ हजार मत बदर भएको छ ।
निर्वाचन कार्यालय डोल्पाका अनूसार १७ हजार ८ सय ३७ मत खसेकोमा एक हजार ९ सय ९९ मत बदर भएको छ । जुन ११ प्रतिशभन्दा धेरै मत बदर हो ।
यस्तै, जाजरकोटमा ११ प्रतिशत मत बदर भएको निवार्चन कार्यालयले जनाएको छ । जाजरकोटमा प्रत्यक मतदान केन्द्रमा ४ देखि ११ प्रतिशत मत बदर भएको पाइएको निर्वाचन कार्यालय जाजरकोटका निमित प्रमुख नविन कठायतले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
सल्यानमा १३ हजार ६ सय १४ मत बदर भएको छ । ८३ हजार ७ सय ४ मत खसेको सल्यानमा १६ प्रतिशत म तबदर भएको हो ।
खासगरी, मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरूले निर्वाचन तालमेल गरेपनि मतदाताहरूलाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेले मत बदर भएको सरोकारवालाहरु बताउछन ।