कर्णालीमा समानुपातिकतर्फ एमाले पहिलो दल बन्ने निश्चित

सुर्खेत । कर्णाली प्रदेशमा प्रदेश सभाको निर्वाचनका समानुपातिक बाहेक अन्य सबै क्षेत्रको नतिजा आउँदा आगामी बन्ने सरकारको नेतृत्व कसले गर्ला भन्ने चर्चा शुरु भएको छ ।
सत्तारुढ गठबन्धनले कर्णालीका २४ ओटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएपनि पाँच क्षेत्र भने गुमायो । ती पाँच क्षेत्रमा एमाले विजयी हुँदा १० क्षेत्रमा उम्मेदवारी दिएको माओवादीले ९ सिटमा जीत हात पा¥यो ।
काँग्रेसले १२ स्थानमा उम्मेदवारी दिएपनि नौ स्थानमा जीत निकाल्दा नेकपा एसले दुइ स्थानमा हार व्यहाुर्नेप¥यो ।
समानुपातिकतर्फको अन्तिम मत परिणाम नआएपनि समानुपातिकबाट १६ जना छानिने कर्णाली प्रदेशमा हालसम्म एमाले पहिलो दलको रुपमा देखिएको छ । काँग्रेस दोश्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्र भने अहिलेसम्म तेश्रो स्थानमा रहेको छ ।
हालसम्मको समानुपातिक मत परिणामा अनुसार एमालेले एक लाख ८३ हजार ९५० मत ल्याएर पहिलो बन्दा उसले पाँच सिट पाउने देखिएको छ ।
काँग्रेसले एक लाख ७० हजार ७५६ मत ल्याएको छ भने उसले पनि पाँच सिट पाउने देखिएको हो ।
यस्तै, नेकपा माओवादी केन्द्रले एक लाख ३७ हजार ६२९ मत पाउँदा चार सिट पाउने देखिएको हो भने नेकपा एस र राप्रपाले एक एक सिट पाउने करिब निश्चित भएको हो ।
यो हिसाब हेर्दा ४० सदस्यीय कर्णाली प्रदेशमा काँग्रेस १४ सिट सहित ठूलो दल हुनेछ भने माआवादी १३ सिट सहित दोश्रो तथा एमाले १० सिटसहित तेश्रो हुने देखिएको छ ।
नेकपा एस र राप्रपा एक एक सिट पाउने भएकाले सरकार निर्माणमा कुनै दुइ ठूला दल मिल्नैपर्ने परिस्थिति सिर्जना भएको हो ।
कर्णालीमा सरकार गठनका लागि कुल सदस्य संख्याको बहुमत अर्थात २१ सिट आवश्यक पर्छ ।
सत्तारुढ गठबन्धनसँग सरकार निर्माणका लागि २८ सिट हुने भएका कारण कुनै समस्या हुने देखिदैन तर माओवादी र काँग्रेसबीच मुख्यमन्त्रीका बारेमा विवाद भएको खण्डमा सदनमा तेश्रो शक्तिको रुपमा उदाएको एमालेले मौकाको फाईदा उठाउने सम्भावना बढने छ ।
तर, सदनको आकार प्रस्ट नभईसकेका कारण अहिले सरकार गठनबा विषयमा खासै कुराकानी नभएको एमाले प्रदेश इन्चार्ज यामलाल कंडेल बताउँनुहुन्छ ।
यता, माओवादी प्रदेश अध्यक्ष विमला केसी भने सत्तारुढ गठबन्धनकै तर्फबाट सरकार निर्माण हुने बताउनुहुन्छ ।
सदनको संख्या निक्र्योल हुने अन्तिम तयारी भइरहँदा दलका नेताहरुले आफू मुख्यमन्त्री बन्ने भन्दै लविङ्ग गर्न थालिसकेका छन् ।
मुख्यमन्त्रीका लागि माओवादीबाट विन्दमान विष्ट र राजकुमार शर्माको नाम चलिरहँदा एमालेबाट यामलाल कंडेल बाहेक विनोद कुमार शाहको नाम पनि चर्चामा छ । काँग्रेसबाट अहिलेका मुख्यमन्त्री जीवनबहादुर शाही र जाजरकोटबाट निर्वाचित सांसद राजिव विक्रम शाहको नाम चर्चामा छ ।