सामुदायिक रेडियोहरुले समावेशी निति अबलम्बन गर्नुपर्छः सरोकारवाला

सुर्खेत । कर्णालीका विभिन्न समुदायका व्यक्तीहरुले सामुदायिक रेडियोले विविधता संरक्षणमा योगदा गरेको भन्दै आगामी दिनमा थप समावेशी नीति अवलम्बन गर्न सुझाव दिएका छन ।
सामुदायिक रेडियो प्रशारक संघले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको सामुदायिक रेडियोको भावी नीति निर्माण सम्बन्धी प्रदेश स्तरिय अन्तरक्रियामा यस्तो सुझाव दिएका हुन ।
अधिकारकर्मी नारायण विकले सामुदायिक रेडियोहरुलाई दिगो बनाउने खालको नीति आवश्यक रहेको भन्दै पहिले त जनशक्तीको सुरक्षा हुने खालको नीति बनाउनुपर्ने सुझाव दिनुभयो । सामुदायिक रेडियोहरुले समावेशी प्रतिनिधित्व गर्दै हरेक समुदायलाई राज्यको मुलधारमा ल्याउन भुमीका निर्वाह गर्नुपर्ने उहाको सुझाव छ ।
थारु समुदायको प्रतिनित्व सामुदायिक रेडियोहरुले गर्नुपर्ने भन्दै बाहिरका सुचनाभन्दा पनि स्थानीय सुचनालाई प्रथामिकता दिनेगरी नीति बनाउन थारु कल्याणकारी सभा सुर्खेतका सचिव जित बहादुर थारुले सुझाव दिनुभयो ।
अधिकारकर्मी रेखा ओलीको पनिसामुदायि रेडियोले हरेक समुदायका आवाजलाई प्रतिनिधित्व गर्नेगरी काम गरेको भन्दै त्यसको प्रभावकारितालाई अझै बढाउनुपर्ने जोड दिनुभयो ।
विविध जाती विविध भाषा रहेको नेपालमा यी समुदायको एकता कायम गर्न र पछाडी पारिएका समुदायलाई राज्यको मुलधारमा ल्याउने आवाज बनेका सामुदायिक रेडियोहरुको लागि प्रभावकारी नीति आवश्यक रहेको मगर संघ सुर्खेतका अध्यक्ष डिल बहादुर वंशी मगरले बताउनुभयो ।
यस्तै, सामुदायिक रेडियोलाई विगतदेखि बुझेका केही व्यक्तीहरुले भने सामुदायिक रेडियोहरुलाई आउने आरोप अन्त्य गर्नको लागि नीति बन्न आवश्यक रहेको सुझाव दिएका छन । अधिकारकर्मी टिका विष्टले सामुदायिक रेडियोको मर्मलाई कायम राख्नेगरी नीति बन्न आवश्यक रहेको बताउनुभयो ।
जनजाती महासंघका अध्यक्ष अशोक राजीले हरेक समुदायका मानिसहरुलाई राज्यको मुलधारमा ल्याउनका लागि ति समुदायका व्यक्तीहरुलाई दक्ष बनाउनुपर्ने भन्दै त्यसको लागि सामुदायिक रेडियोहरुको नीति बन्नुपर्नेमा सुझाव दिनुभयो
मध्यपश्चिम विश्वविद्यालयमा आम सञ्चार विषयमा अध्यन गराइरहनुभएका प्रध्यापक युवराज शर्माले सामुदायिक रेडियोको लागि तिनै तहका सरकारहरु पनि गम्भिर हुनुपर्ने भन्दै सामुदायिक रेडियोहरुले पनि विविधतायुक्त कार्यक्रम र जनशक्ती तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
यता, स्थानीय सरकारहरुले भने सामुदायिक रेडियोहरुलाई नितिगत ढङ्गले अगाडी बढाउन तयार रहेको बताएका छन । सामुदायिक रेडियोहरुको विषयमा व्यापक छलफल भइरहेकोसुर्खेत वीरेन्द्रनगर नगर कार्यपालिका सदस्य यमुना नेपालीले बताउनुभयो ।
सामुदायिक रेडियोहरुको वर्तमान अवस्थाबारे अकोराव कर्णाली प्रदेशका सचिव दीपेन्द्र ओली र जागरण एफएमका स्टेसन म्यानेजर गोविन्द खत्रीले प्रस्तुती राख्नुभएको थियो ।