पहिलाे चरणमा सरकारकाे नेतृत्व गर्न पार्टी केन्द्रलाई एमाले कर्णालीकाे अनुराेध


सुर्खेत, १३ पुस ।
कर्णाली प्रदेश सरकारकाे पहिलाे चरणमै नेतृत्व गर्न पार्टी केन्द्रलाई अनुराेध गर्ने नेकपा एमाले कर्णालीले निर्णय गरेकाे छ ।
दलकाे भर्खरै सम्पन्न नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलकाे बैठकले उक्त निर्णय गरेकाे हाे । बैठकले यामलाल कंडेललाई सर्वसंपत् रूपमा दलकाे नेतामा चयन गरेकाे छ ।