एमाले कर्णाली प्रदेशसभा संसदीय दलकाे नेतामा कंडेल


सुर्खेत, १३ पुस ।
नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलकाे नेतामा यामलाल कंडेल चयन हुनुभएकाे छ ।
दलकाे भर्खरै सम्पन्न पहिलाे बैठकले कंडेललाई सर्वसंपत् रूपमा दलकाे नेतामा चयन गरेकाे हाे । नेकपा एमालेकाे स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश ईन्चार्ज समेत रहजुभएका कंडेल सुर्खेत २ क बाट प्रदेशसभामा निर्वाचित हुनुभएकाे हाे ।