सुर्खेतमा जिप दुर्घटनामा मृत्यु भएकाप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । जिप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको जनाइएको छ ।
मृत्यु हुनेहरूमा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक (छैटौँ) दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौँ) बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौँ) राजेन्द्र बि.सी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही छन् ।
पाँचजना सवार बागमती प्रदेश ०१०–२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जिप गएराति साढे २ बजे दुर्घटनामा परेको थियो ।