चाैंथाे चिङ्गाड राष्ट्रपति रनिङ्गशिल्ड प्रतियमेगिता सुरू


सुर्खेत, २७ माघ ।
चिङ्गाड गाउँपालिका स्तरीय चाैथाे राष्ट्रपती रनिङ्शिल्ड प्रतियाेगिता शुक्रबारदेखि सुरू भएकाे छ ।
वडा नं २ स्थित जनता माध्यामिक बिधालय रानीवासमा प्रतियाेगिता सुरू भएकाे हाे । प्रतियाेगिताकाे गाउँपालिका अध्यक्ष बाेधबिक्रम जिसीले उद्घाटन गर्नुभयाे । उद्धाटन कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष जिसीले शिक्षा र खेलकुद विकासलाई प्राथमिकता दिने बताउनुभयाे । सबै भन्दा पहिला मानविय विकास महत्वपूर्ण रहेकाे भन्दै मानविय विकासलाई जाेड दिने बताउनुभयाे । यस्तै उपाध्यक्ष मिना कुमारी राेकायले बालबालिकाकाे सर्वाङ्गिर्ण विकासका लागि विधालय उमेरदेखि नै खेलकुद, संगित जस्ता विधामा पनि उपयुक्त वातावरण बनाउनुपर्ने बताउनुभयाे ।
प्रतियाेगितामा गाउँपालिकाभित्र रहेका सात वटा माध्यामिक विधालयबाट सहभागिता रहेकाे आयाेजक जनता माविका प्राधानाध्यापक विनाेद कुमार यादवले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रतियाेगितामा एथलेटिक्सका विभिन्न विधा, भलिवल लगायतका खेलहरू खेलाईनेछ । प्रतियाेगिता जनता माविका विव्यस अध्यक्ष भीम बहादुर परियारकाे अध्यक्षतामा सञ्चालन भएकाे छ ।