चुली कप भलिवल प्रतियोगिताको दोस्रो संस्करण हुँदै


सुर्खेत, २ फागुन । कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशीको भलिवल प्रतियोगिता चुली कप को दोस्रो संस्करण हुने भएको छ ।
यहीे फागुन १५ गतेदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा चुली युवा क्लव सुर्खेतले प्रतियोगिताको आयोजना गरेको हो । आयोजकले मंगलवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिता बारे जानकारी गराएको छ । क्लबका अध्यक्ष मोतीराम रम्तेलका अनुसार प्रतियोगितामा महिला र पुरुष तर्फ छुट्टाछुट्टै खेल हुनेछन् । पुरुष भलिवल प्रतियोगिता तर्फ विजेता टोलीले उपाधिसहित २ लाख २० हजार उपविजेताले एक लाख ५० हजार, तृतीय हुनेले ७५ हजार र सान्तोना पुरस्कार ५० हजार पाउनेछ । महिला तर्फ विजेताले उपाधी सहित एक लाख ५० हजार उप विजेताले ८० हजार तेस्रो हुने टोलीले ५० हजार र सान्तोवना हुने टोलीले ३० हजार रुपैया पाउने छन् । प्रतियोगिताका सर्वात्कृष्ट २ जना खेलाडीले १०÷ १० हजार र प्रतियोगिता उत्कृष्ट स्पाइकरले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट सेटर, ब्लकर, डिफेन्डर, सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचरले समान १०÷१० हजार रुपैयाँ पाउनेछन् ।
प्रथम चुली कप २०७७ चैत ११ गतेदेखि १४ गते सम्म भएको थियो । पुरुष टोलीको टिम दर्ता १० हजार रुपैयाँ र महिला टोलीका लागि टिम दर्ता ७ हजार रहेको छ । प्रतियोगितामा करिब २५ लाख खर्च हुने अनुमान गरिएको भन्दै प्रायोजनका लागि आयोजकले आग्रह गरेको छ । राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा विभागियसहित करिब २० टिमको सहभागिता हुने आयोजकको अनुमान रहेको छ ।