सिम्ता गाउँपालिकाको हिउँदे सभा सुरु

सुर्खेत, २२ पुस ।
सिम्ता गाउँपालिका सुर्खेतको १४ औँ हिउदे गाउँसभा आजदेखि सुरु भएको छ ।
गाउँ कार्यपालिकाको कार्यालय राकममा आजदेखि हिउदे अधिवेश सुरु भएको हो ।
सभामा गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले चालु आर्थिक बर्ष २०८०÷०८१ को प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । ३१ दशमलव ८७ प्रतिशत वित्तिय र ४५ प्रतिशत भौतिक प्रगति भएको प्रतिवेदनमा छ । यस्तै उपाध्यक्ष गोमा शर्मा रेग्मीले न्यायिक समिति र अनुगमन समितिको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो । सभामा गाउँपालिकाका प्रवक्ता यामराज शर्माले साउनयता कार्यपालिका बैठकले गरेका निर्णय प्रस्तुत गर्नुभएको थियो । आर्थिक विकास समितिको प्रतिवेदन संयोजक मोहन कुमार चन्दले, सामाजिक विकास समितिको प्रतिवेदन संयोजक रामबहादुर नेपालीले, पूर्वाधार विकास समितिको प्रतिवेदन समितिका संयोजक खगेन्द्र सिंहले, वन वातावरण तथा विपद व्यवस्थापन समितिको प्रतिवेदन संयोजक कबिराज योगीले, संस्थागत विकास तथा सुशासन समितिको प्रतिवेदन संयोजक प्रमिला खत्री विसीले, लेखा समितिको प्रतिवेदन चेतबहादुर रेग्मीले र विभिन्न ऐन नियम र कार्यविधिहरु विद्यायन समिति संयोजक लोकबहादुर शाहीले सभामा पेश गर्नु भएको थियो । सभामा पेश गरेका प्रस्ताव तथा प्रतिवेदनमाथि दफावार छलफल सुरु भएको र २९ सभा सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिनुभयो ।


यस्तै सभाकै अवसरमा नेपालको प्रतिनिधित्वगरी बंगालदेशमा सम्पन्न डोरीतान प्रतियोगितामा पदक जिताउने सिम्ताका दुई जना खेलाडीलाई सम्पान गरिएको छ । सिम्ता वडा नंं ५ का जगत महतारा र वडा नं. २ का रबि चन्दलाई जनहि ३० हजार नगदसहित सम्मान गरिएको हो ।