अबको राष्ट्रपति काँग्रेसबाट बन्नुहुन्छः महामन्त्री शर्मा

सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले राष्ट्रपति काँग्रेसबाट बन्ने दाबी गर्नुभएको छ ।
नेपाली काँग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपाली काँग्रेसबाट नै राष्ट्रपति निर्वाचित हुने दाबी गर्नुभएको हो ।
फागुन २५ गते पछि शितल निवासमा नयाँ राष्ट्रपति निर्वाचित भएर जानुहुन्छ । उहाले भन्नुभयो, “राष्ट्रपति काँग्रेसले उमेद्वार बनाएको व्यक्ती बन्नुहुन्छ, त्यसमा कुनै शंका छैन ।”
“सबैलाई चासो छकी अबको २० दिन पछी राष्ट्रपति को बन्नुहुन्छ ? काँग्रेसको बन्नुहुन्छ की बन्नुहुन्न ? सबैलाई चासो छ । त्यसमा कुनै शंका छैन काँग्रेसले उठाएको उमेद्वार नै राष्ट्रपति बन्नुहुन्छ,” उहाले भन्नुभयो ।
पुस १० गते पछि पुरानै गठबन्धन व्युँतिने संकेत गर्दै महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पदमा पहिलो पार्टीको हैसियतले काँग्रेसले पाउनु स्वभाविक रहेको बताउनुभयो ।
उहाले काङ्ग्रेसबाट राष्ट्रपति उम्मेदवार को बन्छ भन्ने विषयमा भने केही खुलाउनुभएन ।
महामन्त्री शर्माले पहिलो दल भएको काँग्रेसले सरकार गठन गर्नुपर्ने भएपनि केही त्रुटीहरुका कारण बाहिर बस्नुपरेको भन्दै त्यसमा कसले के कती गल्ती गर्यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको बताउनुभयो । अबको केही दिनमा नै पुरानै गठबन्धन व्युँतिनेतर्फ उहाको संकेत थियो ।