प्रचण्ड विदेशीकाे प्रभावमा पर्दा गठबन्धन भत्कियाे –एमाले सचिव भट्टाई


सुर्खेत, ३० फागुन ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालका कम्यूनिष्टहरु मिलेको हेर्न नचाहाने विदेशी शक्तिका कारण माओवादीसंगको गठबन्धन भत्किएको बताउनुभएको छ ।
एमालेको मिसन ग्रासरूट अभियान अन्तरगत मंगलबार सुर्खेतको गुभार्कोटमा आयोजित नगस्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल नेपालका कम्यूनिष्ठ मिलेको हेर्न नचाहाने विदेशी शक्तिको परेका कारण गठबन्धन भत्किएको बताउनुभएको हो ।
कम्यनिष्ट गठबन्धन भत्काएर प्रचण्ड प्रतिक्रियावादीको सेवक बनेको उहाँले आरोप लगाउनुभयो । एमालेसहित बनेको गठबन्धन भत्काउन षडयन्त्र भएको भन्दै अध्यारो कोठाभित्र भएका षडयन्त्रहरु चाँडै खुल्ने उहाँलेको जिकिर छ ।
उहाँले एमालेले कुनै विदेशी शक्तिको नुन खाएर भक्तिभाव नगर्ने पनि स्पष्टोयुक्ती दिनुभएको छ । नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाको लागि नेकपा एमालेले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उहाँको जिकिर छ । उहाँले निर्वाचनदेखि नै एमाले बिरुद्ध घेराबन्दी गर्न खोजेपनि जनतामाझ लोकप्रिय पार्टीका रुपमा स्थापित भएको उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य धर्मराज रेग्मीले विगतमा एमाले सरकारमा जाँदा गर्व गर्न लायक काम गरेको भन्दै एमाले पार्टीको सदस्य भएकोमा गर्व गर्न आग्रह गर्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नका लागि आगामी निर्वाचनबाट एमालेलाई दुई तिहाईसहित सरकारमा पु¥याउन आवश्यक रहेको रेग्मीको भनाइ छ । जनताका मुद्धा बोक्ने एमाले मात्रै एकल पार्टी भएको भन्दै उहाँले काँग्रेस, माओवादी लगायत अरु दलहरु आफ्नै स्वार्थमा रुमलिएको जिकिर गर्नुभयो ।
कार्यक्रममा पूर्व सासद धुव कुमार शाही, एमाले सुर्खेतका कार्यवहाक अध्यक्ष कूलमणि देवकोटा लगायतले मिसन ग्रासरूट अभियानले पार्टी जिवन्त बनाउने बताउनुभयो । कार्यक्रम कम्पुनिष्ट आन्दोलनमा योगदान पुर्याए बापत २० जना अग्रजहरूलाई सम्मान गरिएको छ ।