कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले चैत १७ गते दोश्रोपटक विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनुहुने भएको छ । शुक्रबार (चैत १७ ) गते बस्ने संसद बैठकमा मुख्यमन्त्री शर्माले संसदबाट विश्वास मत लिन लाग्नुभएको हो ।
एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शर्मालाई राप्रपाले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।
एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीसहित २४ सांसदले मुख्यमन्त्री शर्मालाई समर्थन गरेका थिए ।
राष्ट्रिय राजनीति भएको फेरबदलले राप्रपाले माग १८ गते मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो ।
‘मुख्यमन्त्री शर्माले बुधबार आज नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफुलाई मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुभएको छ,’ प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।
कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका शर्मा गत पुस २७ गते नियुक्त हुनुभएको हो ।
कर्णाली प्रदेशमा नेपाली काँग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक एक जना सांसद रहेका छन् । प्रदेश सभाको बैठक यहीँ चैत १७ गते दिउँसो ३ बजे बस्दैछ ।
यता, काँग्रेस र एमालेलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने नदिने भन्ने विषयमा कुनै निर्णय भइनसकेको बताएका छन ।
सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोद शाहले मुख्यमन्त्रीलाई विश्वासको मत दिने नदिने विषयमा निर्णय हुन बाँकी रहेको बताउनुभयो ।
काँग्रेसले पनि विश्वासको मत दिने की नदिने भन्ने विषयमा सरकारले गर्ने व्यवहारमा भर पर्ने बताएको छ । काँग्रेस सांसद घनश्याम भण्डारीले यस विषयमा पार्टीभित्रको छलफलपछि मात्रै थाहा हुने बताउनुभयो ।