
सुर्खेत , ०६ मंसिर । वीरेन्द्रनगरस्थित तातापानीबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । घरबाटै लागूऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले बलभद्र खत्रीलाई पक्राउ गरेको हो ।
३६ वर्षीय खत्रीलाई वीरेन्द्रनगर नगरपालिका–३ तातापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प््रहरकिा अनुसार खत्रीको घरमा खानतलासी गर्दा आठ ग्राम २८० मिलिग्राम लागुऔषध जस्तो देखिने ब्राउन सुगर फेला परेको छ । पक्राउ परेका खत्रीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
