एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने, कांग्रेस अझै अनिर्णीत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।
विश्वासको मत दिनेबारेको छलफलमा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले पक्षमा मत दिने बताउनुभएको हो ।
मुख्यमन्त्री शर्मा मुख्यमन्त्री हुँदा नै समर्थन जनाए बमोजिम र अहिले बसिरहेको भूमिका अनुसार मत दिने बताउनुभयो । एमाले अहिले सत्तापक्षको बेन्चमा बसिरहेको छ । उहाले भन्नुभयो, “जुन आसनमा हामी छौ, त्यही भुमीकाअनुसार पोखिएपनि पोखिन्छ, विश्वासको मत दिन्छौ ।”
तर, नेपाली कांग्रेस भने विश्वासको मत दिने विषयमा अनिर्णीत बनेको छ । संसदीय दलका नेता जीवनबहादुर शाहीले छलफलमा भाग लिँदै मुख्यमन्त्री शार्मालाई आवश्यक भएको अवस्थामा मात्रै मत दिने बताउनुभयो । आजै विश्वासको मत विभाजन हुने भएपनि नेता शाहीले भने मत दिने वा नदिने प्रष्ट पार्नुभएन ।
“मत आवश्यक ठान्नुभयो भने केही सोचौंला । “नेता शाहीले संसदमा भन्नुभयो, ‘आवश्यक छैन भने मत नदिन पनि सकिन्छ ।’
प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले विश्वासको मत दिने संकेत देखाएपनि नेता शाहीले भने अझै प्रष्ट पार्न नसक्नुभएको हो ।