जुम्लाको पातारासी ५ बालविवाह मुक्त घोषणा

मान बहादुर कुंवर

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
आइतबार एक औपचारिक कार्यक्रम का बिच पातारासी गाउँपालिका वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवाला को पटक पटकको अनुगमन र निरिक्षण पछि वडा भित्र चालू आर्थिक वर्षमा शुन्य बालविवाह देखिएपछि बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
अशिक्षाले जगडिएको पातारासीमा सिँगो वडा नै बालविवाह मुक्त क्षेत्र घोषणा हुनु महत्त्वपूर्ण उपलब्धि भएको जिल्ला समन्वय समिति जुम्लाका सदस्य धनसुर बुढाले बताउनुभयो । पातारासीमा बालविवाह नेपालीका न्युनिकरण गर्दै सभ्य समाज निर्माणको पहिलो सिँढि पार गरिएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो । पातारासी ५ नं वडाका सिको अरु वडाले अनुसरण गर्न आवश्यक रहेको राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख धनराज शाहीले बताउनुभयो ।
बालविवाह सामाजिक कुरीति मात्रै नभएर कानुनी अपराध भएकोले यसबाट टाढा रहन उहाले आग्रह समेत गर्नुभयो । बालविवाह मुक्त वडा घोषणाले केही हद सम्म भएपनि बालबालिकाको अधिकार प्रत्याभूत हुने उनले बताउनुभयो ।
बालविवाह सामाजिक विकासको बाधक भएकोले अरु वडाले समेत न्युनिकरणमा जोड दिनु पर्ने पातारासी गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाले बताउनुभयो । पटक पटकको अनुगमन, सचेतना र निगरानी पछि मात्रै बालविवाह मुक्त घोषणा गरिएको बताउदै महिला तथा बालबालिका शाखा प्रमुख एवं बालअधिकार अधिकृत भगवती गिरिले बताइन। बालविवाह मुक्त घोषणा भएको पातारासी गाउँपालिका वडा नम्बर ५ का तीन वटै बस्ती(जप्न,माथि लोर्पा र तलि लोर्पा)मा चालू आर्थिक वर्षमा १० जोडिको बिबाह भएकोमा सबै उमेर पुगेका विवाह रहेको किर्डाक नेपाल जुम्लाका प्रतिनिधि राम ंशंकर दवाडीले बताउनुभयो ।