बाल क्लव सञ्जालका पदाधिकारीहरुलाई सफ्ट औजारसम्बन्धी तालिम


सुर्खेत, २ जेठ ।
बाल क्लव सञ्जालका पदाधिकारी सदस्यहरुका लागि सिफ्ट औजार सम्बन्धी तीन दिने तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सुर्खेत र बाल अधिकारका लागि साझा अभियान सुखत, सेभ द चिल्डे«नको संयुक्त प्रयासमा तालिमको आयोजना गरिएको हो।

कर्णाली प्रदेशका १० वटै जिल्लाको सहभागिता रहेको कर्णाली प्रदेश बाल क्लव सञ्जालका २१ जना पदाधिकारी मध्ये १५ जनाले सो तालिम प्राप्त गरेका हुन् ।
तालिममा बालबालिकाहरुले कर्णाली प्रदेशमा बालबालिकाहरुको सवालहरुमाथी छलफल गरि प्रथामिकीकरण गरेका छन् । सहभागी बालबालिकाहरुले जलवायु परिर्वतनको सवाल बालबालिकाको अधिकारको सवालका रुपमा बुझेका छन् ।

तालिम कार्यक्रममा सहभागी भएका बालबालिकाहरुको विभिन्न प्रतिभाहरु समेत प्रस्तुत समेत गरेर जलवायु परिर्वतन र यसको विभिन्न असरहरुको बारेमा छलफल गरेका छन् । पुस्ताको आशा र भविष्य, अभियान समेत संचालन भएको छ । सेतो भालुको प्रतिकात्मक बस्तु बोकी नगर परिक्रमापछि वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख मोहनमाया ढकाल संग समेत छलफल गरेका छन् । छलफलमा बालबालिकाहरुका आफ्ना भनाईहरु जलवायु परिर्वतन र फोहोर व्यवस्थापनमा नगरपालिकाको भुमिका, योजना र कार्यक्रमको बारेमा जिज्ञासा राखेका थिए । जवाफमा नगरप्रमुखले वीरैन्द्रनगर नगरपालिकाले बालबालिकाहरुले जलवायु परिर्वतन र फोहोर व्यवस्थापनमा ध्यान पुराएकोमा खुसी व्यक्त गर्दे, योजनाका साथ लागेको र हरित वीरेन्द्रनगर नगरपालिका बनाउने कार्यपालिकाको निर्णय भएको बताउनुभयो ।

विश्वमा नै जटिल समस्याको रुपमा रहेको जलवायु परिर्वतनले मानव जिवन संकटमा पर्ने निश्चित जस्तै भएकाले, विकसित देशहरुले अन्य बैकल्पीक उपायहरु अपनाएर मानव जिवन अगाडी बढाएतापनी नेपाल जस्तो विकासशील देशमा रैथाने व्यवहारहरु, प्राकृतिक स्रोतमैत्री व्यवहार, रैथाने बालीहरुको प्रर्वद्धन, परम्परागत उत्कृष्ट कला कौशलहरु, बाँसको सामाग्री, हरित वन वातावरण, फोहोरको उचित व्यवस्थापन आदीको कार्यले जलवायू परिर्वतनको असरहरु न्युनीकरण गर्न सकिने कुरा तालिमका सहभागी कर्णाली प्रदेश बाल क्लवका उपाध्यक्ष लोकेन्द्र थापाले बताउनुभयो ।

तालिमकै अवसरमा सहभागीहरुले हरित विद्यालयको रुपमा परिचित श्री कोपिला भ्याली स्कुलको समेत भ्रमण तथा विद्यालय परिवार, विद्यार्थी शिक्षकहरु संग अन्र्तक्रिया, प्रतिभा प्रस्तुत तथा खुला चित्रकला तयार गरेका थिए ।