धनन्जय बहुउदेश्यीय सहकारीको १७ औँ बार्षिक साधारणसभा सम्पन्न


सुर्खेत, १३ असोज ।
धनन्जय बहुउदेश्यीय सहकारी संस्थाको लिमिटेडको १७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज विरेन्द्रनगरमा भएको बार्षिक साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाले आर्थिक यस आर्थिक वर्षमा ३० लाख २७ हजार रुपैयाँ आम्दानी गरेको र २८ लाख २५ हजार ७ सय ९८ रुपैँया खर्च गरी २ लाख १ हजार २ सय १ रुपैँया बचत गरेको सहकारीका अध्यक्ष भलाराम पंगालीले जनाकारी दिए । आर्थिक बर्ष २०७८÷०७९ मा कुल ४ करोड १९ लाख ५२ हजार ६ सय ६३ रुपैँयाको कारोबारो भएकोमा आर्थिक वर्ष २०७९÷०८० मा ४ करोड ३० लाख ७८ हजार ५ सय ४८ रुपैँयाको कारोबारो भएको र समग्रमा ३ प्रतिशतले कारोबारोमा वृद्धी गर्न सफल भएको संस्थाका अध्यक्ष पंगालीले जानकारी दिए ।
विगतका वर्षहरुमा संचालन गरिएका सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई निरन्तरता दिईने पंगालीले जानकारी दिनुभयो । सधारण सभाको अवशरमा सर्वाधिक शेयर खरिद गर्ने शेयर सदस्यहरु, सर्वाधिक व्याज बुझाउने ऋण सदस्य, नियमित बचत गर्ने बचतकर्ता,सर्वाधिक शैक्षिक बाल बचत गर्ने बाल सदस्य, विभिन्न तहका पपिरक्षमा उकृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थी लगाएतलाई सम्मान समेत गरिएको थियो । बहुउदेश्यीय सहकारी संस्थाका केन्द्रीय उपाध्यक्ष चन्द्र थानीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाका संरक्षक सल्लाहकार कृष्ण प्रशाद पंगेनी, संस्थाका उपाध्यक्ष डिला धमाला, सचिव देवेन्द्र रिजाल सहित साधारण शेयर सदस्यहरुको सहभागिता रहको कार्यक्रम संस्थाका भलाराम पंगालीको अध्यक्षतामा सम्पन्न भएको हो ।