कर्णालीमा ३० प्रतिशत नागरीक मात्र आफ्नो उत्पादनमा निर्भर

सुर्खेत,मंसिर २८ ।

कर्णालीका ३० दशमलव ५ प्रतिशत कृर्षक परिवार मात्र आफ्नो उत्पादनमा आत्म निर्भररहेको पाईएको छ ।

बुधवार राष्ट्रिय तथ्याङ्क कार्यालयलले सुर्खेतमा सार्वजनिक गरेको सातौ राष्ट्रिय कृर्षिगणना २०७८ को तथ्याङ्क अनुसार कर्णालीका ३० दशमलव ५ प्रतिशत कृर्षक परिवार मात्रै आत्म निभर रहेको पाइएको हो ।

तथ्याङ्क सार्ववनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रिकुमार कार्किले कर्णालीमा आत्म निर्भर कृर्षकहरुको संख्या अन्य प्रदेशको तुलनममा निकै कमजोररहेको बताउनु भयो । निर्देक कार्किका अनुसार कर्णाली प्रदेश भर तिन लाख दुई हजार ६ सय कृर्षक परिवारले एक लाख सत्र हजार ४ सय ११ हेक्टर क्षेत्रफल जमिनमा कृर्षि खेति गर्ने गरेका छन ।

तथ्याङ्क सार्वजनिक कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था कृर्षि तथा सहकारी मन्त्रि भिम प्रकाश शर्माले सार्वजनिक तथ्याङ्क सत्यको नजिक रहेको बताउदै कर्णाली प्रदेशको आगामि पञ्चवर्षिय योजना निमार्णका लागि थप आधार दिने विश्वास ब्यक्त गर्नुभयो ।

गणना बाट प्राप्त नतिजाअनुसार कर्णालीमा ४ दशमलव ४ प्रतिशत कृर्षक परिवारले मात्र सरकारी अनुदान प्राप्त गरेका छन
यस्तै पुराना प्रविधि हराउँदै जादाँ फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पावरट्रिलर प्रयोग गर्नेको सङ्ख्यामा बृद्धि भएको छ ।
तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा बृद्धि भए पनि सरदर दुईपटक मात्र बाली लगाएको देखिएको छ ।