परिवर्तित पाठ्यक्रमबारे छत्रेश्वरीमा प्रवोधिकरण सुरु

शंकर के.सी. सल्यान। सल्यानका स्थानीय तहहरुमा पाठ्यक्रम तथा पाठ्य समाग्री प्रबोधिकरण सम्बन्धी प्रशिक्षण थालिएको छ । परिवर्तित पाठ्यक्रम सम्बन्धी विद्यालयतहसम्मै जानकारी गराउने उदेश्यले पालिका स्तरमा प्रशिक्षण सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय ईकाइ सल्यानले जनाएको छ । यसै क्रममा जिल्लाको छत्रेश्वरी गाउँपालिकाका सामुदायीक विद्यालयका विषयगत शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी दुई दिने प्रशिक्षण मंगलबारदेखी सुरु भएको छ । कक्षा ५, ८ र १० को पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी छत्रेश्वरी गाउँपालिका स्तरिय दुई दिने शिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले शैक्षिक क्षेत्रमा पूर्वाधार विकास संगै शैक्षिक गुणस्तर वृद्धि तथा मुल्यांकन, अनुगमनको विषयलाई ध्यान दिइएको बताए । पाठ्यक्रमबारे सरोकारवालालाई समयमै जानकारी गराएर प्रभावकारी कार्यान्वयन गर्दै शिक्षामा गुणस्तर बृद्धि गर्नुपर्नेमा उनको जोड छ ।

शिक्षा विकास तथा समन्वय ईकाइ सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको समन्वयमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले शिक्षा क्षेत्र संवेदनशील क्षेत्र भएकोले यसको सुधारका लागि सबै एकजुट हुनुपर्ने बताए ।

पाठ्यक्रम कार्यान्वयनका लागि छत्रेश्वरी गाउँपालिकाका ५ जना सहजकर्ताले प्रशिक्षण कार्यक्रममा सहजिकरण गरिरहनुभएका छन् । सामाजिक विषयका डिल्ली कुमार डाँगी, गणित विषयका तुल्सी चन्द, विज्ञान विषयका भुपेन्द्र वली, नेपाली विषयका वसन्त रिजाल र अंग्रेजि विषयका लक्ष्मी वस्नेतले दुई दिन सम्म सहजिकरण गर्नेछन् । प्रशिक्षण कार्यक्रममा गाउँपालिका भित्रका आवि र माविका विषयगत शिक्षकहरुको सहभागिता रहेको शिक्षा शाखाका प्रास शिवसिंह पुनले जानकारी दिए ।