वडा कार्यालयमा चोरी

सुर्खेत ९ फागुन । दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका वडा नं २ को कार्यालयमा मङ्गलवार राति चोरी भएको छ।

चोरले कार्यालयमा जडित एक सय वाट क्षमताका दुई वटा सोलार पाता चोरी गरी लगेको र एक अर्को सोलार पातामा क्षति गरेको वडाध्यक्ष दिपक रावतले बताउनु भयो।

विधुतसेवाको मुख्य स्रोतका रुपमा रहेको सोलास संरचना नै चोरी तथा क्षति भएपछि कार्यालय द्धारा प्रदान गरीने सेवासमेत प्रभावित भएको छ ।
स्थानिय नागरीक र प्रहरी प्रशासन संगको समन्वयमा चोरी गर्नेको खोजी भइरहेको वडाध्यक्ष  रावतले कर्णाली रैवार लाई जानकारी दिनुभयो ।