वीरेन्द्रनगरका ३० जना युवाहरुलाई उद्यमी बनाईदै


सुर्खेत, ०९ फागुन । वीरेन्द्रनगरका युवाहरुका लागी ५ दिने व्यावसाय सुरु तथा सुधार तालिम प्रदान गरिएको छ ।
सेभ द चिल्ड्रेन र समाज जागरक केन्द्र स्याक मार्फत संचालित  POWER4AYA परियोजना अन्तरगत तालिम संचालन गरिएको हो ।
तलिममा व्यावसायीक योजना निर्माणका बारेमा ३० जना युवाहलाई सिकाईएको थियो । स्थानिय स्तरमै व्यावसाय सुरु गर्न हौसला संगै सहयोग गर्ने र युवाहरुलाई विदेश जानबाट रोक्ने लक्ष्य अनुसार तालिमको आयोजना गरिएको हो । पाँच दिने तालिम पश्चात सबै सहभागिहरुले आ आफ्नो व्यावसायीक योजना निर्माण गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ७,९,१० र १२ मा परियोजनाले काम गरीरहेको छ भने २०२४ मा ६० जना युवाहरुलाई उद्यमी बनाउने परियोजनाको लक्ष्य रहेको छ ।
तालिममा सहभागि दिपिका थापाले यस परियोजना र तालिमले व्यावसाय संचालनका लागी महत्वपुर्ण सिकाई र सहयोग प्रदान गरेको बताउनुभयो । व्यावसाय संचालन गर्नका लागी यसको चुनौती तथा अवशर र सम्भावना र व्यावसाय के कसरी संचालन गर्ने भन्ने कुरा सिकेको उहाँले बताउनुभयो ।
व्यावसाय संचालनका लागी सानिमा बैंक संग सहकार्य गरी युवाहरुको बैंक खाता संचालन प्रक्रिया सुरु गरेको र हाल सम्म परियोजना मार्फत वीरेन्द्रनगर र बराहताल गाउँपालिकाका कुल १ सय ८५ जना युवाहरुले परियोजनाको सहयोग मार्फत स्वरोजगार तथा रोजगार प्राप्त गरेको परियोजना संयोजक तेज सोनामले जानकारी दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष ऋषी गिरीले व्यावसायीक सफलताको शुभाकामना प्रदान गर्दै संस्थाले प्रदान गरेको सहयोगलाई सही सदुपयोग गर्न सहभागिलाई सुझाव दिनुभयो । समाजमा रोजगारी सृजना गर्नका लागी परियोजनाले महत्वपुर्ण काम गरेको प्रतिक्रिया व्यक्त गर्नुभयो । यस्तै वीेरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालले आफुहरुले रोजेको व्यासायलाई सुरु गर्न र निरन्तरता दिन सहभागिहरुलाई सुझाव दिनुभयो । युवाहरुले सुरुवात गर्ने व्यावसायको नगरपालिकाले अनुगमन गर्ने र आवश्यक सहयोग गर्ने खलालले बताउनुभयो । यस्तै वीरेन्द्रनगर नगरपालिकाले गत वर्ष २९ लाख रुपैँया बजेट विनियोजन गरी साझेदारी गरेको बताउँदै यस वर्ष पनी साझेदारीका लागी १० लाख रुपैँया विनियोजन गरेको बताउनुभयो ।
समाज जागरण केन्द्र स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले युवाहरुले निर्माण गरेको व्यावसायीक योजनाको कार्यान्वयन गर्न सहभागिहरुलाई सुझाव दिनुभयो । आफुले गरेको व्यावसायको नियमित हिसाव किताव राख्नु व्यावसायको महतवपुर्ण पाटो भएको उहाँले उल्लेख गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खानालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्वर ९ का वडा अध्यक्ष ऋषी गिरी, कार्यपालिका सदस्य नवराज गुरुङ्ग,  POWER4AYA परियोजनाका संयोजक तेज सोनाम, तालिमका प्रशिक्षक हरी कोईराला लगाएतको सहभागितामा भएको कार्यक्रम समाज जागरण केन्द्र स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।