कर्णालीका बालबालिकाकाे मुख्यमन्त्री शर्मालाई प्रश्न: गुणस्तरीय शिक्षा कहिले पाउँछाैँ ?

सुर्खेत –  कर्णाली प्रदेशका बालबालिकाले मुख्यमन्त्री राजकुमार शर्मास‌ंग गुणस्तरीय शिक्षा कहिले पाउँछाैँ भन्दै प्रश्न गरेका छन । शुक्रबार वीरेन्द्र आयाेजित ५९औं राष्ट्रिय बाल दिवसका सन्दर्भमा आयाेजित कार्यक्रममा सहभागी बालबालिकाहरुले गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित गरिएकाे भन्दै प्रदेशका मुख्यमन्त्री शर्मालाई प्रश्न गरेका हुन् ।

बालबालिकाका प्रश्नकाे जवाफ दिँदै मुख्यमन्त्री शर्माले गुणस्तरीय शिक्षा लगायत बालबालिकाका सवालमा आफू गम्भिर रहेकाे बताउनुभयाे । उहाँले बालबालिका राष्ट्रका भविष्य रहेको बताउदै समृद्ध राष्ट्र बनाउने की गरीब राष्ट्र बनाउने भन्नेकुराकाे निर्धारण शिक्षामा गरिएकाे लगानीले गर्ने कुरामा आफू स्पष्ट रहेकाे जिकिर गर्नुभयाे ।  कर्णाली पछि पारिएको हुदा म्याराथन दौडमा रहेको र त्यसका लागि सबैलाई संगै लियर जान आफु चाँजोपाँजोमा लागिरहेको उहाँले बताउनु भयो ।

यस्तै, सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले कार्यक्रममा बोल्दै सरकार बालबालिकाको सवालमा सधै जिम्मेवार रहेको भन्दै बालबालिकाका माग र आवश्यक्ता प्रति सरकार संम्बेदनशिल रहेको बताउनु भयो । कार्यक्रममा कर्णालीमा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संस्थाहरुका प्रतिनिधी, १० जिल्लाका बाल अधिकारकर्मी तथा बालबालिकाहरुको सहभागिता रहेको थियो ।