जागरण
सुर्खेत, ३० असोज ।
आज एकादशी हिजो दशमीको दिन टीको थाप्न आउन नभ्याउने , टाढा घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा को फुलपाती नसेलाउन्जेल सम्म टीको लगाउने चलन छ ।
हिन्दु तिथीको ११ औँ दिनलाई एकादशी भनिन्छ । यो तिथीमा वर्त वस्ने, फलाहारहरु मात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ । भागवत पुरानका अनुसार भगवान विष्णुका भक्तहरु अर्थात वैष्णवहरुका लागी यस्ता एकादशीले विशेष महत्व राख्दछ । दशैको टीकाको भोलीपल्टपर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ ।
टाढा घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने आफन्तहरुलाई कोजाग्रत पूर्णिमा सम्म दशैको टीका र जमरा लगाइदिने चलन धेरै ठाँउमा छ । आजको दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ ।