मानसिक स्वास्थ्य रणनीति निर्माण बारे अनुभव आदान प्रदान गर्न तीन प्रदेशका मन्त्रीस्तरीय टोली कर्णालीमा 


सुर्खेत, १८ फागुन ।
मानसिक स्वास्थ्य सम्बन्धी प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन अवस्था बारे सिकाइ आदान प्रदान गर्न तीन प्रदेशका सामाजिक विकास मन्त्रीसहितको टोली कर्णाली प्रदेश आएका छन् ।
सात प्रदेश मध्य सबै भन्दा पहिला मानसिक स्वास्थ्य रणनीति निर्माण गरेको कर्णालीसंग निर्माण प्रक्रिया र त्यसको कार्यान्वयन बारे अनुभव सुन्न लुम्बिनी, गण्डकी र मधेश प्रदेश सरकारका मन्त्रीसहितको टोली कर्णाली प्रदेश आएका हुन् । सिएमसी नेपालसंगको सहकार्यमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आज वीरेन्द्रनगरमा सिकाइ आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।
प्रदेश स्तरमा मानसिक स्वास्य रणनितिक कायाईयोजना कार्यान्वयनका क्रममा देखिएका सबल र सुधार गर्नुपर्ने पक्ष र अवसरको विषयमा प्रस्तुतिकरण गर्दै सामाजिक विकास मन्त्रालय कर्णाकी प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृष बहादुर शाहीले मानवसकि स्वास्थ्यलाई सवल बनाउन रणनैतिक कार्ययोजनाले बल पुगेको बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोख्रेलले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना लागु गरी सबै आधारभूत तहका स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न कार्यक्रम शुरु गरिएको बताउनु भयो ।
उहाँले कर्णालीको भौगोलिक कठिनाइ, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश, विभेद र हिंसाजन्य समस्याले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएपनि सरकार त्यसको निर्वारणका कार्यनीति बनाएरु काम गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले कर्णाली प्रदेशले मानसिक रोग निवारणका लागि शुरु गरेको पहल आफुहरुका लागि उदाहरणीय रहेको भन्दै अन्तरप्रदेश सहकार्य तथा समन्वय गरेर अघि बढ्ने बताउनु भयो ।
कार्यक्रममा विभिन्न प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्रीहरुले मनोमानसिक स्वास्थ्यमा गरिएको कामको बारेका जानकारी गराउनु भएको थियो । लुम्बिनि प्रदेश स्वास्थ्य मन्त्री राजु खानालले मानसिक रोग लुम्बिनि प्रदेशमा पनी चुनौतिको रुपमा रहेको बताउनुभयो । उहाँले वार्षिक करिव १३ हजार मानसिक रोगका बिरामिहरु फेला पर्ने गरेको उहाँले बताउनुभयो । उहाँले त्यसको न्यूनीकरणका लागि सचेतनाका कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।
डा. बासुदेव कार्कीले यस रोगका विरुद्ध पर्याप्त औषधी नहुनु, दक्ष जनशक्ति नहुनु, अनुगमन तथा मूल्याङ्कन नहुनु र मनोपरामर्शकर्ताको अभावले समुदायस्तरसम्म उपचारलाई सहज बनाउन कठिनाइ रहेको बताउनुभयो । मानसिक रोगका विरुद्ध सरकारलाई सहयोग गर्दै आएको वीस दुतावासका प्रतिनिधि प्रतिक्षा सिम्खडा बास्कोटाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना बनाउन कर्णाली प्रदेश सरकारले पहिलो भएको भन्दै यसको उपचार सेवा पालिकास्तरसम्म सहज बनाउन आग्रह गर्नुभयो ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले मानसिक स्वास्थ्य सवलीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउँदै अब रणनीति बनाउने योजनामा रहेको बताउनुभयो । स्वास्थ्य तीनै तहका सरकारको दायित्व भएकाले मानसिक स्वास्थ्य राम्रो बनाउनका लागि पनि तीनै तहका सरकार उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
सिएमसी नेपालका प्राविधिक निर्देशक समेत रहनुभएका बरिष्ठ चिकित्सामनोविद् डा. पशुपति महतले मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि तीनै तह संघ प्रदेश र स्थानीय सरकार योजना बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
मानसिक स्वास्थ्य क्षेत्रमा सरकारलाई सहयोग गर्दै आएको स्वीस दुतावासका प्रतिनिधि प्रतिक्षा सिम्खडा बास्कोटाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना बनाउन कर्णाली प्रदेश सरकारले पहिलो भएको भन्दै यसको कार्यान्वयनका लागि उपचार सेवा पालिकास्तरसम्म सहज बनाउन आग्रह गर्नुभयो ।
कर्णाली प्रदेश सरकारले दश बर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति २०७९–०८७ निर्माण गरेको छ ।