फागुन २८, काठमाण्डौ । आज देशका पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै बाग्मती र कोशी प्रदेशको पहाडी भूभागमा भने आंशिक बदली रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । त्यस्तै गण्डकी तथा सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्का हिमपातको सम्भावना रहेको पनि मौसमविद् प्रधानाङ्गले जानकारी दिनुुभयो ।
उहाँका अनुसार मौसम सामान्यदेखि आंशिक बदली रहे पनि पानी पर्ने सम्भावना छैन ।
