कर्णालीमा बाल अधिकार संरक्षणर र प्रर्वद्धनका लागि सरोकारवालाहरुको प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेशमा बाल अधिकारको संरक्षणर र प्रर्वद्धनका लागि सरोकारवालाहरुले हस्ताक्षर सहित प्रतिबद्धता जनाएका छन् ।
बाल अधिकारीका लागि साझा अभियान (सिसीआर) कर्णाली प्रदेशले आज सुर्खेतको विरेन्द्रनगरमा नया वर्ष २०८१ सालको अवसरमा आयोजना गरेको बालअधिकारका लागि चियापान कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कर्णाली प्रदेश बालक्लव सञ्जालद्धारा तयार गरिएको १५ वटा बालबालीकाहरुका सवालमा हस्ताक्षर गर्दै कर्णाली प्रदेश सभा, सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले बालबालिकाका अधिकार कार्यान्वयन गराउने र समस्या समाधान गर्ने दायित्व तीन तहका सरकारहरुको भएकाले नागरिक समाज तथा विकास साझेदार संस्थाहरुले जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले कर्णाली प्रदेशमा बालवालिकाका अवस्था अझ पनि दयनीय रहेको भन्दै सामाजिक कुरीतिको अन्त्य गर्न, बालबालिकाको संरक्षण र प्रोसाहनका लागि परियोजना नभइ अभियान चलाउनु दिनुपर्नेमा जोड बताउनुभयो ।
यस्तै, बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टिकाराम आचार्यले संविधान प्रदत्त बालबालिकाका मौलिक अधिकार कार्यान्वयनमा आउन नसकेकाले सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताउनुभयो । बालबालिकाका हकहितका लागि नागरिक समाज संस्थहरु एकताबद्ध भएर लाग्ने बताउनुभयो ।
बालबालीकाहरुले कर्णालीमा सामाजिक अपराधका रुपमा रहेको बढ्दो बालविवाहा , बाल श्रम, किशोरविशोरीहरुमा कुलतकोरुपमा रहेको लागु पदार्थ दूव्र्यसनी, बालबालीकाको विचार भावनाको कदर नहुनु लगायतका मुख्य समस्या रहेको बताएका छन् ।