सुर्खेत जीप दुर्घटना, मृतक ४ जनाकै सनाखत

जेठ १७, सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेत–दैलेख खण्डको वीरेन्द्रनगर–१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भइ मृत्यु हुनेमा ३ जना कालिकोट शुभकालिका–३ का रहेका छन् भने एकजना दैलेख भैरवि गापा–४ का रहेका प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कालिकोट शुभकालिका–३ का तन्त बिक, नमराज बिक र बिरेन्द्र बिक रहेका छन् । त्यस्तै भैरवि गापा–४ का महेन्द्र शाही रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । त्यस्तै दुर्घटनामा घाइते भएकाहरु कालिकोट शुभकालिका–३ का नरि बिक र कालिकोट खाडाचक्र नपा–९ पाखाका नरेन्द्र बिष्ट(चालक) रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी डिएसपी बिरेन्द्रबिर बिश्वकर्माले बताउनुभयो ।
घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको हो ।