मंगलबार देशका यी स्थानमा हुने छ वर्षा

असार २४, काठमाडौं । मंगलबार देशभर साधारणतया बदली रहने छ । देशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
मंगलबार राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।