असार २४, सुर्खेत । सुर्खेतमा जिल्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्ने किशोरीहरुको सङ्ख्या १९ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
यहाँका नौ वटै स्थानीय तहमा २० वर्ष नपुग्दै आमा बनेका किशोरीहरुको सङ्ख्या उल्लेख्य रहेको कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्धारा आयोजित स्वास्थ्यसम्बन्धी अन्तरक्रिया तथा वार्षिक समिक्षा कार्यक्रममा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको किशोरीको सङ्ख्या १९ प्रतिशत रहेका तथ्याङ्क सार्वजनिक गरीएको हो ।
कार्यालयका तथ्याङ्कअधिकृत उपेन्द्र बहादुर रेगामि मगरले चालु आर्थिक वर्ष २०८०÷८१ इस अवधि सम्म पहिलो पटक गर्भ जाँच गरेकामध्ये २० वर्ष नपुगी गर्भवती हुनेकिशोरीहरुमा सबैभन्दा धेरै सिम्ता गाउँपालिकामा ३४ प्रतिशत रहेको जानकारी दिनुभयो ।
साथै, गुर्भाकोट नगरपालिकामा ३२ प्रतिशत, चौकुने गाउँपालिकामा २८ प्रतिशत, लेकवेसिनरपालिकामा २५ प्रतिशत ,भेरिगंगा नगरपालिकामा २४ प्रतिशत, बराहातालमा २२ प्रतिशत, पञ्चपुरी नगरपालिकामा १४ प्रतिशत, विरेन्द्रनगर नगरपालिकामा १६ प्रतिशत किशोरीहरु २० वर्ष नपुग्दै गर्भवती भएका छन् ।
यस्तै ,जनस्वास्थ्य सेवा कार्यालय द्धारा नस्वास्थ्य सम्बन्धी हालसम्म भए गरेका क्रियाकलापहरु बरे नेपालपत्रकार महासंघ सुर्खेत शाखाले तयार पारेको स्थलगत रिर्पोट समेत प्रस्तुत गरीएको थियो सुर्खेत शाखा सचिव ललित बुढाले रिर्पोट प्रस्तुत गर्दै सुर्खेतमा मतृ मृत्युदर शुन्यतामा झरेको ९० प्रतिशतमा बालबालिकामा खोपको पहँुच पुगेको , पालिका सरकारद्धारा डाक्टर अध्ययनमा साहायता, उपमेयर कोशेलि जस्ता कार्यक्रम प्रभावकारी बनि रहेका, जेष्ठ नागरीक लाई घरमै गएर सेवादिने गरेको जस्ता सबल पक्षहरु उल्लेख गरीएको थियो ।
स्वास्थ्य सस्थाहरुमा जनशक्ति अभाव, कमजोर भौतिक संरचना ,स्वास्थ्य विमामा पहँुचको कमि ,सामुदायिक स्वास्थ्य एकाइ केन्द्र संञ्चालनमा चुनौति , फाजिल कर्मचारी ब्यवस्थापनको समस्या , परिवार योजनाबारे जनचेतना अभाव र स्वास्थ्य संस्थाहरुले सार्वजनिक सुनुवाई नगरी पादर्शिता लाई उपेक्षागर्ने गरेको लगाएतका थुपै दुर्लभ पक्ष हरु समेत समावेश गरी महाँसंघको तर्फवाट स्थलगत रिर्पोट प्रस्तुत गर्नुभएको थियो ।