बालकृष्ण सुनारको प्रगतिशील तिज गित , नपर चेलि अल्मल सार्वजनिक

साउन २० सुर्खेत । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको आगमन संगै बजारमा धमाधम तिज गितका भिडियोहरु सार्वजनिक भैरहेका छन ।

यस्तै कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतबाट पनि यो बर्ष धेरै सर्जकहरुले तिज गितका भिडियोहरु सार्वजनिक गरेका छन । ती सर्जकहरु मध्ये बालकृष्ण सुनारको पनि पहिलो तिजको गित आज मात्रै सार्वजनिक भएको छ । सर्जक सुनार ले यसभन्दा अगाडि पनि राष्ट्र,राष्ट्रियता, जन जिवन र जनजिविका,सामाजिक विभेदका सवालहरुमा थुप्रै आफ्ना रचनाहरु बाहिर ल्याउनु भएको छ । कला,साहित्य र संस्कृतिमा विशेष रुचि राख्ने सुनारको यो तिजको गित मार्फत हाम्रो समाजमा महिलाहरुले भोगिरहेको सामन्ती संस्कारबाट सिर्जित समस्या,महिला पुरुषका विचको असमानता,समाजिक कार्यहरुमा महिलाको अग्रसरता र राष्ट्रिय भावना जागृत गर्ने उदेश्य रहेको सर्जक बालकृष्ण सुनारले बताएका छन ।

सर्जक बालकृष्ण सुनारको शव्द,संगित रहेको यो गितमा संन्ध्या परियारको स्वर,अशोक कुमार बस्नेतको एरेन्ज,भिडियोको छायांकन तथा सम्पादन अकबर खानले गरेका छन भने भिडियोको कोरियो ग्राफि तथा निर्देशन मौशम बरालले गरेका छन ।

यो गितमा अभिनय लक्ष्मि गिरि,सन्ध्या परियार र पवित्रा सुनारको रहेको छ ।