खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत द्धारा पहिलो त्रैमासिक प्रगतिप्रतिबेदन सार्वजनिक ।

नवराज रोकाय
कार्तिक ११, सुर्खेत । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१–०८२ को पहिलो त्रैमासिक प्रगतिप्रतिवेदन सार्वजनीक गरेको छ ।
कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले दरबन्दी अनुसार पदपूर्ति नभएको र कार्यालय प्रमुखको आर्थिक अख्तियारी नभएकाले ८० प्रतिशत भन्दा कम वित्तिय प्रगती भएको बताउनुभयो ।
कार्यालयमा विभिन्न पदका लागी २१ जनाको दरबन्दी रहेपनी हाल ९ जना कर्मचारी मात्रै कार्यरत हुँदा लक्ष्य अनुसार प्रगति हासिल गर्न चुनौती भइरहेको प्रमुख थापाले जानकारी दिनुभयो ।
कार्यालयले गयको साउन देखी असोज मसान्त सम्म बजारमा गुणस्तर र खाद्य सामाग्रीको सुरक्षा सुनिश्चत गर्ने उदेश्यले सुुर्खेत जिल्लामा रहेका विभिन्न होटल, रेस्टुरेन्ट तथा खाद्य सामाग्री उत्पादक र विक्रेताहरु माथीे अनुगमन गरेको थियो ।
बजार अनुगमनका क्रममा म्याद गुज्रिएका, अखाद्य, र स्वाथ्यलाई असर पु¥याउने ४ लाख ३३ हजार मुल्य बराबरको खाद्य पदार्थ जफतगरी नष्ट गरेको छ ।
कार्यालय प्रमुख थापाका अनुसार हालसम्म चालु आर्थिक बर्षको सुरुवात देखि असोज मसान्त सम्म २७७ वटा खाद्य सामाग्रीको नमुना परीक्षण गरीएको छ , जसमा केहि नमुनाहरु असफल ठहरिएपछि सम्बन्धीत व्यवसायीलाई सुधारगर्न निर्देशन दिइएको छ ।
प्रमुख थापाले कार्यालयको कार्यक्षेत्र धेरै, कामको चाप अधिक र त्यसअनुसार स्रोत–साधन नहुँदा काम गर्न समस्या भएको भन्दै यस आर्थिक वर्षका लागी कार्यालयको २ करोड २३ लाख कुल बजेट रहेकोमा हालसम्म पुँजीगततर्फ ५९ लाख ४५ हजार खर्च गरेको छ भने चालु तर्फ २० लाख ४७ हजार मात्र खर्च भएको बताउनुभयो ।
समीक्षा कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कार्यालयका सचिव टिकाराम थापाले सीमित स्रोत–साधन र अभावकाबीच पनि कार्यालले सन्तोषजनक काम गरिरहेको भन्दै जनशक्ति व्यवस्थापन र ल्याब संचालनका लागी आफूले सक्दो पहल गर्ने बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योग र खाद्य बजारको अनुगमन गर्ने, खाद्य वस्तुको गुणस्तर जाँच्न प्रयोगशाला सेवा दिने, उद्योग सञ्चालनका लागि अनुमती–पत्र जारी गर्ने लगायतका काम गर्ने गर्दर्छ ।