आँखा उपचार केन्द्र मुगुमा औषधिको अभाव

खड्क सुनार ।
मुगु, ५ भदौ (जागरण) । जिल्ला आँखा उपचार केन्द्र मुगुमा औषधिको अभाव भएको छ । सदरमुकाम गमगढी बजारमा रहेको एक मात्र आँखा उपचार केन्द्रमा मोतियाबिन्दु आँखा पाक्ने, चिलाउने, एलर्जी, आँखामा मासु पलाउने, सुक्खा हुने लगायतका विभिन्न प्रकारका आँखा सम्बन्धीका औषधि अभाव भएको आँखा उपचार केन्द्र मुगुले जनाएको छ ।
केन्द्रका अनुसार गत वैशाख महिनादेखि उपचार केन्द्रमा औषधिको लागी पटक–पटक हिमालय आखाँ अस्पताल पोखरा , सम्बन्धित संघ संस्था लगायत अन्य सरोकारवाला निकाय सँग पत्रचार गरे पनि कुनै पनि निकायबाट सुनुवाइ नभएको आँखा उपचार केन्द्र मुगुका प्रमुख धु्रर्ब बुढ्थापाले बताउनुभएको छ ।