कोशी र मधेस प्रदेशसहित पहाडी भागमा मौसम बदली ः एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना

कात्तिक ११, काठमाण्डौ । आज कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा मौसम बदली भएको छ । ती क्षेत्रमा मौसम आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ ।
आज दिउँसो कोशी र बाग्मती प्रदेशलगायत देशका भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । देशका पहाडी एक÷दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।