आज ४१ पदका लागि स्थानिय तहको उप–निर्वाचन

मङ्सिर १६, काडमाडौं । स्थानीय तहका पालिका प्रमुखसहित रिक्त ४१ पदका लागि आज मंसिर १६ गते आइतवार बिहान ७ बजेदेखि मतदान हुँर्दछ । निर्वाचन आयोगले शनिवार नै आज हुने निर्वाचनको सम्प२र्ण तयारी पूरा भएको जनाएको छ ।
आयोगका अनुसार निर्वाचन हुने स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रहरूमा आज बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । त्यसका लागि सम्पूर्ण पूर्वाधार तयार पारिसकिएको छ ।
एक– एक नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिकाका २ अध्यक्ष , ४ उपाध्यक्ष तथा ३३ वडाध्यक्ष सहित ४१ पदका लागि आज उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।
अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।