आर्थिक विकासका लागि सन् २०१८ उच्चस्तरीय भ्रमण वर्षः परराष्ट्रमन्त्री

काठमाण्डौँ, ३ चैत (जागरण) । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने बताउनुभएको छ ।
आज काठमाडौमा आयोजित कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि सहयोग जुटाउन मित्र राष्ट्रको उच्चस्तरीय भ्रमणले वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङलाई आमन्त्रण गर्ने गृहकार्य अब छिट्टै शुरु हुने बताउँदै अमेरिका, बेलायत, जापानलगायत राष्ट्रबाट पनि उच्चस्तरीय भ्रमण गराउने तयारी भई रहेको जानकारी दिनुभयो ।
गत महिना पाकिस्तानी प्रधानमन्त्रीले गर्नुभएको भ्रमण सद्भाव र रोकिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलन गर्ने विषयमा केन्द्रित भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

एजेन्सीबाट