नन्दबहादुर पुन फेरी उपराष्ट्रपति

काठमाण्डौँ, ३ चैत (जागरण) । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि उपराष्टपतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
उपराष्ट्रपतिमा उहाँको मात्र उम्मेदवारी परेको हो । तर, निर्विरोध निर्वा्चित भएको भोली मात्र औपचारिक घोषणा हुनेछ ।
दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।
पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र संविधानको संरक्षण एव पालनाका लागि कटिबद्ध हुने बताउनुभयो ।
पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् ।
यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।
राष्ट्रपतिमा प्रतिस्पर्धा गरेको प्रमुख विपक्षी दल कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन ।

अनलाईनबाट