कात्तिक ६ ,सुर्खेत । तिहारको अन्तिम दिन आज भाइटीका लगाएर मनाईएको छ।
आजका दिनलाई यमपञ्चकसमेत भनिन्छ। यस वर्षको भाइटीकाको शुभसाइत ११:३९ बजे थियो।
समय हुनेले शुभसाइतमै भाइटीका लगाउने गर्दछन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमै भाइटीका ग्रहरण गरेका थिए।
आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।
दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्।
सुर्खेतमा पनि आ -आफ्नो प्रचलन अनुसार तिहार मनाइएको छ।
(हेर्नुहोस् सुर्खेतका विभिन्न ठाउँमा टीका ग्रहण गर्दै गरेका केही तस्बिरहरू) _


