अम्बिकादेवी संस्कृत गुरुकुल : महायज्ञमा उठेको सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक


पुष २१, सुर्खेत । अम्बिकादेवी संस्कृत गुरुकुल स्थापनार्थ समितिले श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरेको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका ११ स्तिथित गाग्रेतालमा रहेको अम्बिकादेवी संस्कृत गुरुकुल स्थापनार्थ संचालित समितिले आज महायज्ञको आय–व्यय विवरण एक औपचारिक कार्यक्रमका बीच आज सार्वजनिक गरेको हो ।
उक्त पुराण २०८२ गत मंसिर १८ देखि २५ गतेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरू, स्थानीय बुद्धिजीवी, धर्मप्रेमी श्रद्धालु, तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यत्रलममा महायज्ञ आयोजक समितिका सहसयोजक जय प्रसाद आचार्यले जम्मा आम्दानी (८४ लाख २७ हजार २ सय ६९) रुपैयाँ भएकोमा, १४ लाख ७१ हजार २ सय २१ रुपैँया पुराणमा खर्च भएको र बाँकी रकम ८ लाख २७ हजार ८ सय ८ रुपैयाँ उठ्न बाकी रहेको बताउनुभयो । उहाँका अनूसार ५६ लाख १९ हजार ५ सय ६८ रुपैँया बैंकमा मौजदात रहेको छ, भने नगद मौजदात ५० हजार ४ सय ५९ रुपैया रहेको छ ।
यस्तै, बाकी चेक साट्न ४ लाख ५८ हजार १ सय ९५ रुपैया रहेको छ । आगामि दिनमा अक्ष्यकोष निमार्ण गरी उठेको व्याजले गुरुकुल शिक्षामा लागि भवन निमार्णमा खर्च गरिने गरिने बताइएको छ ।
यसैविच, समितिले तिलकराम चालिसेको अध्यक्षतामा तर्दथ समिति पनि गठन गरेको छ ।
कार्यसमितिमा उपाध्यक्ष, जय प्रसाद आचार्य, खगेन्द्र प्रसाद अधिकारी सचिव, कपिलमणि सुवेदी कोषाध्यक्ष, उमाकान्त सापकोटा सहसचिव छन् । यस्तै, समितिका सदस्यमा याम प्रसाद अधिकारी कृष्णा कुमारी उपाध्याय –गौतम), नवराज देवकोटा, सोमप्रसाद दाहाल, डिलकुमारी सापकोटा डिल्लीराम आचार्य, बालाराम पौ्ड्याल, भक्तिराम आचार्य रहेका छन्, भने पदेन सदस्यमा वडा नम्बर ११ का वडा अध्यक्ष खिमलाल देवकोटालाइ तर्दथ समिति पनि चयन गरिएको छ ।
कार्यक्रम महायज्ञ आयोजक समितिका संयोजक तिलकराम चालिसेको अध्यक्षता र वीरेन्द्रनगर ११ का वडा अध्यक्ष खिमलाल देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रमका सम्पन्न भएको थियो ।