वीरेन्द्रनगर उपत्यकाको तापक्रम यस वर्ष हालसम्मकै सबैभन्दा कम

पुष २५, – सुर्खेतको वीरेन्द्रनगर उपत्यकाको तापक्रम आज शुक्रबार यस वर्षकै न्यूनतम बिन्दुमा झरेको छ । आज बिहान पौने ६ बजे वीरेन्द्रनगर उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो तापक्रम यस वर्ष हालसम्मकै सबैभन्दा कम हो। पछिल्ला केहि दिनदेखि बिहानपख वीरेन्द्रनगरमा हुस्सु तथा कुहिरो नलागे पनी लगातार तापक्रम घट्दै गएपछि चिसो बढेको महसुस गरिएको छ । आज दिउसो भने विरैनद्रनगरको तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरीएकोे छ ।
यसअघि हिजो वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन भएको थियो भने अस्ती बुधबार ४ डिग्री सेल्सियस रहेको थियो।