भेरीगंगाका नगरपालिकाद्वारा जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच

सिपी कार्की ।
सुर्खेत, १९ असार (रेडियो भेरीगंगा) । सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्वर १० का ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सममान र स्वासथ्य चेकजाँच गरिएको छ ।
आज वडा नम्वर १० को अयोजना तथा नगर स्वास्थ्य शाखा भेरिगंगाको समन्वयमा जेष्ठ नागरिकलाई सम्मान र स्वासथ्य चेकजाँच गरिएको हो ।
स्वास्थ्य शिविरको आयोजना गरि सम्मान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । करिब १ सय १६ जना भन्दा बढी जेष्ठ नागरिकलाई वडा अध्यक्ष मान बहादुर बुढा मगरले आफ्नो ब्यक्तिगत खर्चमा दोसल्लाले सम्मान गर्दै छाता दिनु भएको थियो । स्वास्थ्य शिविरमा जेष्ठ नागरिकहरुले सुगर र बल्डप्रेसर चेकजाँच समेत गरिएको छ ।
जेष्ठ नागरिक शिविरमामा आफु जस्ता जेष्ठ नागरिकहरुलाई सहभागी गराएको भन्दै जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन ।
८६ वर्षका जेष्ठ नागरिक दल बहादुर रोकायले नजिकै सरकार आएपछि जेष्ठ नागरिकहरुलाई सम्मान गरेको प्रति खुशी व्यक्त गर्नुभयो ।
यस्तै अर्का जेष्ठ नागरिक तुला बहादुर घर्तीलाई पनी वडा सरकारले आफुहरुका लागीे गरेको स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
अर्का सहभागी जल कुमारी बादीले भने वडा सरकारले समयमै सामाजिक सुरक्षा भत्ता दिएर विहान बेलुकाको छाक टार्न सहजीकरण गरिदिन वडा सरकारलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षमा सबै वडाहरुमा लक्षीत वर्गका कार्यक्रमहरु संचालन गर्ने गरि निति तथा कार्यक्रम निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर बस्नेतले जानकारी दिनुभयो ।
नगरपालिका वडा नम्वर १० मा करिव १ सय ३० जना भन्दा बढि जेष्ठ नागरिकहरु रहका छन् ।