सुर्खेतका संचार माध्यमहरुको अनुगमन

सुर्खेत, २० जेठ (जागरण) । सुर्खेतका संचार माध्यमहरुको अनुगमन गरिएको छ ।
हुलाक निर्देशानालयले बिहीबार लोक कल्यानकारी बिज्ञानपन प्रशारणको अवस्थाका विषयमा सुर्खेतका सबै रेडियोहरु र एउटा टेलिभिजनको अनुगमन गरेको हो ।
रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत, बुलबुले एफएम, प्रदेश एफएम, जागरण एफएम, रेडियो भेरी र सुनगाभा टेलिभिजनको अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा लोक कल्याणकारी बिज्ञापन व्यवस्थित ढङ्गले प्रशारण भएको र आगामी दिनमा पनि यस्ता विज्ञापनहरुलाई प्रमुखताका साथ प्रशारण गर्न सुझाव दिइएको हुलाक निर्देशनालयका सुचना अधिकारी हित प्रासाद पौडेलले बताउनुभयो ।
रेडियो र टेलिभिजनका संचालकहरुले लोक कल्याणकारी विज्ञापनलाई समानताको आधारमा दिनुपर्ने बताउँदै स्थानीय र प्रदेश सरकारले पनि स्थानीय संचार माध्यमहरुलाई प्रमुखता दिनुपर्ने बताएका छन ।