
माघ २९, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहीबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु÷कुहिरो रहने पूर्वानुमान छ ।
त्यस्तै कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
दिउँसो कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरुमा साथै बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
बिहीबार राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहने पूर्वानुमान छ ।
त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
