सुर्खेत, ५ भदौ (जागरण) । सरकारले आफ्नो रोजीरोटी खोस्न लागेको भन्दै सुर्खेतका अटो रिक्सा व्यवसायीहरु आन्दोलित भएका छन ।
वीरेन्द्रनगर नगरपालिका, बसपार्क व्यवस्थापन समिति र प्रहरीले अटो रिक्सा चालकमाथि अनावश्यक कडाई गरेको भन्दै आज उनीहरुले वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन ।
यस्तै, उनीहरुले भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रदर्शनसँगै धर्ना दिएका हुन ।
उनीहरुले पेशाको सम्मान हुनुपर्ने, बसपार्क नजिकै पार्किङ्कको व्यवस्था गरिनुपर्ने, लाइसेन्स नआउँदासम्म अटो चलाउन पाउनुपर्ने लगायतका माग राखेका छन् ।